Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

 रु ७०० ले उकालो लाग्यो पहेँलो धातु

 रु ७०० ले उकालो लाग्यो पहेँलो धातु

  • काठमाडौैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ ।  यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ । चाँदी आइतबार रु एक हजार २८० मा कारोवार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij