पर्सा । पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका वीरगंजका आकाश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । पार्किङ गरी राखेको मोटरसाइकल उनले चोरी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले उनलाई पक्राउ गरेको हो ।