Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

संसद विघटनपछि चिनियाँ नेता नेपालमा, के हो चिनको चासो ?

संसद विघटनपछि चिनियाँ नेता नेपालमा, के हो चिनको चासो ?

  • काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको टोलीले राजनीतिक भेटघाट थालेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई एक ठाउँमा ल्याउन भूमिका खेलेका उपमन्त्री येझाउ नेकपा विभाजनको संघारमा पुगेको बेला नेपाल आएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा फाटो आएको थियो । नेकपा विभाजनको संघारमा पुगेपछि चिनियाँ कम्युनिस्ट पार्टी चिन्तित बनेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । काठमाडौं ओर्लेलगत्तै उपमन्त्री येझाउको टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।

    प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि आश्चर्यचकित बनेको चीन नेकपा पार्टी विभाजनबाट चिन्तित रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको भ्रमण नेकपालाई एकजुट बनाउने प्रयासमा केन्द्रित हुनेछ । यसअघि पनि नेकपामा विवाद भएको बेला चिनियाँ राजदूत होउ यान्छीले विशेष भूमिका निर्वाह गरेकी थिइन् । अहिलेको पछिल्लो राजनीतिक अवस्था जटिल मोडमा पुगेपछि भने चिनियाँ राजदूत यान्छीले नेकपा फुटको संघारमा पुगेको बिफ्रिङ गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीले चासो देखाएको हो ।
    चिनियाँ टोलीले नेकपाका नेतालाई पद छाडेर भए पनि पार्टी एकता कायम राख्न सुझाव दिएको बुझिएको छ । तर नेकपाको आन्तरिक कलहका कारण पछिल्लो समय एक पक्षले अर्को पक्षको कुरा सुन्न नसक्ने अवस्था सिर्जना भएको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजनको विषयमा एक शब्द नबोलेको चीनले अकस्मात् पठाएको चिनियाँ टोलीले कस्तो भूमिका निर्वाह गर्छ भन्ने चासोको विषय रहेको छ । राजधानी दैनिकमा समाचार छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij