
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाल र जिम्बावे ए बीच जारी एकदिवसीय खेलमा नेपाल खराव ब्याटिङको सिकार भएको छ। टियु मैदान कीर्तिपुरमा जिम्बावेविरुद्व पहिलो ब्याटिङ गरेको नेपाल १ सय ३६ रनमा अलआउट भएपछि जिम्बावेले सहज लक्ष्य पाएको हो।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले ३० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक थप दोहोरो स्कोरका रुपमा करण केसीले २५ रन बनाए भने ओपनर कुशल भुर्तेलले १९ र दिपेन्द्र सिंह ऐरीले १८ रन बनाए।
नेपाललाई सस्तैमा समेट्ने क्रममा ब्राड एभान्सले ४ विकेट लिंदा भिक्टर न्याउची, ब्रान्डन मभुट र चेफास जुवाओले समान २-२ विकेट लिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij