Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ का युवा नेता एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस तरुण दलका पूर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गरेका हुन् । उनले एमालेको नीति र सिद्धान्त मन परेको कारण पार्टी प्रवेश गरेको बताएका छन् ।
ललितपुरको राजनीतिमा ख्याति कमाएका नेता पार्टीको महाअधिवेशन प्रतिनिधि, ०५८ देखि ०६२/६३ को जनआन्दोलन सम्म ६ वर्ष तत्कालीन सैबुगाउँ कमिटी तरुण दलको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
ललितपुर महानगरपालिका–१८ निवासी युवा नेता खड्कालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा पार्टी प्रवेश गराएका थिए ।
पार्टीमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने बताउँदै उनलाई पार्टीले उचित जिम्मेवारी दिने समेत बताए ।
यस्तै, पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, पार्टी केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य बाबुराम थापा, प्रदेश सांसद एवं पूर्व प्रदेशमन्त्री जीवन खड्का एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij