
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडाैँ । बाँके प्रहरीले ठूलो परिणामको सुनसहित एक जनालाई पक्राउ गरेको छ। खजुराको एलगाउँस्थित सुवेदीचोकमा शंकास्पद तरिकाले हिँडिरहेका बझाङका अशोकबहादुर सिंहलाई जाँच गर्दा ८०२ ग्राम ७३ मिलिग्राम सुनका गहना फेला परेको हो।
सिंहले बोकेको झोलामा हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औँठी, टप, फुली बरामद भएको छ।
उक्त सुनको मूल्य ६२ लाख अनुमान गरिएको छ। २०७९ वैशाख ४ गते भारतको बैङ्गलोरस्थित सुन पसलबाट चोरी भएको सुन बरामद् भएको बाँके प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij