
Apr 19 2025 | २०८२, वैशाख ६ गते
विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ ।नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका-१८ इस्लामपुर नजिक एसएसबीका जवानले हवाई फायर गरेको स्थानीयले बताए ।
प्रहरी स्रोतका अनुसार तीन राउण्ड फायर भएको थियो । ‘दुई राउन्ड आकाश र एक राउन्ड जमिनतिर फायर गरे,’ एक स्थानीयले भने,‘गोली चलाउने व्यक्ति नसामा भएको जस्तो देखिन्थ्यो ।’ गोली पड्काएपछि स्थानीयबीच भागदौड मच्चिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij