Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमालेले गर्‍यो ६ जनालाई पार्टीबाट निष्काशन

एमालेले गर्‍यो ६ जनालाई पार्टीबाट निष्काशन

  • काठमाडौं । लुम्बिनी प्रदेश कमिटीका पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले ६ जना  सदस्यलाई निष्काशन गरेको छ । आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध  लागेको भन्दै सो पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको हो ।

    images
    images
    images

    निष्काशित हुनेहरूमा कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्यूठानका टिकाबहादुर गुरुंग, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव रहेका छन् ।

    एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले सोमबार विज्ञप्ति जारी गरी ६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको बताएका हुन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij