
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाली कांग्रस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेपाली कांग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले आज विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् ।
उम्मेदवारी फिर्ता नलिए नेपाली कांग्रेसको विधान अनुसार स्वतः साधारण सदस्य समेत नरहने गरी कारबाही हुनेसमेत उनले बताए । जिल्लामा नेपाली कांग्रेसबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षमा बागी उम्मेदवारी परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij