Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मर्जर तोडेको आरोपमा दुई बैंक कारबाहीमा 

मर्जर तोडेको आरोपमा दुई बैंक कारबाहीमा 

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले मर्जर तोडेको भन्दै हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ ।

    images
    images
    images

    हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक यी दुई बैंकबीच मर्जरमा जाने सहमति भएको थियो । तर मर्जर सम्पन्न नभइ भाँडियो ।

    राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले दिएको जानकारी अनुसार दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का भएको छ।

    मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेपछि बीचमा प्रक्रिया अवरोध गर्ने वित्तीय संस्थालाई राष्ट्र बैंकले सेयर कारोबार र लाभांश रोक्का, शाखा विस्तारमा बन्देज, निश्चित समयभित्र अर्को संस्थासँग मर्जर गरिहाल्नुपर्नेलगायत नियामकीय कारबाही गर्न हुने व्यवस्था गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावलीमा छ । सोही व्यवस्थामा टेकेर राष्ट्र बैंकले ती बैंकलाई कारबाही गरेको हो ।

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij