Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल भित्रियो कि नयाँ भाइरस !

नेपाल भित्रियो कि नयाँ भाइरस !

  • काठमाडौं । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्।

    onlinepatrika
    Arghakhachi

    उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए/नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको जानकारी दिए। स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छ/छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो।

    AGNI GROUP

    नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो। त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको डा गौतमले बताए।

    मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको छ। बेलायतमा असोजमै पहिलो पटक नयाँ भाइरस देखापरेको थियो। अहिले फ्रान्स डेनमार्क, नाइजेरियालगायत मुलुकमा नयाँ स्वरुपको कोरोना भाइरस देखापरेको छ। यस भाइरसले त्रास बढाएको छ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले बेलायतबाट आएका व्यक्तिको नमुना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया सुरु गरिने बताए। ‘स्वाब लिइसकिएको छैन। स्वाब लिएको हप्ता/दश दिनभित्र नतिजा आइसक्छ’, डा ज्ञवालीले भने। डा ज्ञवालीका अनुसार दोस्रो पटक गर्न लागिएको आनुवंशिक अध्ययनमा ४०/५० वटा स्याम्पल लिएर अध्ययन गरिँदै छ।

    परिषद्ले आनुवंशिक संरचना अध्ययन गर्दा नेपालमा भेटिएको भाइरस भारत, बंगलादेश र साउदी अरबको भाइरसको प्रकृतिसँग मिल्दोजुल्दो पाइएको थियो। कोरोना भाइरस संक्रमण पुष्टि भएको झन्डै सात महिनापछि पहिलो पटक १५ वटा नमुना संकलन गरेर जिन सिक्वेन्सिङद्वारा आनुवंशिक अध्ययन गरिएको थियो। नयाँ स्वरूपको भाइरस फैलने क्रम तीव्र भएपछि भारत, स्पेन, हङकङसहित ४० भन्दा बढी मुलुकले बेलायतबाट हुने उडान प्रतिबन्ध गरिसकेका छन्। अन्नपूर्ण पोष्टमा खबर छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट