
Apr 10 2025 | २०८१, चैत २८ गते
जनकपुरधाम । नेपाली कांग्रेसको सहसचिव सुनिल परियार एमालेबाट उम्मेदवारी दिएका छन् ।कांग्रेसका सहसचिव नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । वडा ७ को अध्यक्ष पदका आकांष्क्षी रहेका परियारलाई अन्तिम समयमा आएपछि टिकट नदिएपछि उनले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् ।
‘सुरुदेखि नै तयारी गरेका थियौं, नेताहरुले पनि टिकट दिने बताइसकेका थिए,’ उनले भने, ‘तर अन्तिम समयमा टिकट नदिएपछि अर्को पार्टीबाट उम्मेदवार दिएको उनले बताए ।
नेतृत्वले वडा नम्बर ७ मा टिकट वितरणमा मनोमानी गरेको भन्दै कांग्रेसका वडा सभापति मनोज दासले राजीनामा समेत दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij