
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । कांग्रेस ललितपुरले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरुप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी केन्द्रको बीचमा मात्रै सहमति भएको निर्णय र पार्टीबाट उम्मेदवारहरूको टिकटसमेत प्राप्त भएकोले सोही अनुरुप पालिकाहरूमा उम्मेदवारी दिने प्रक्रियामा पुगिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश संयन्त्रको दुई दलीय निर्णय पश्चात् ललितपुर जिल्ला संयन्त्रको प्रारम्भिक छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरूको बाँडफाँटमा केही समस्या उत्पन्न भएको र उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पूर्ण व्यवस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेश संयन्त्रको निर्णय अनुसार कांग्रेस ललितपुरले प्रमुख, उप-प्रमुख सहित अधिकांश वडाहरूमा मनोनयन दर्ता गराएको हो ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij