
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, तनहुँका केही पालिकामा काँग्रेस, एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल भएका छन् । नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष भइसकेका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि पार्टीबाट आधिकारिक टिकट पाउन सफल भएका हुन् । ती दलबाट निर्वाचित भएर पालिकाको नेतृत्व गरेका १० जना पुनः उम्मेदवार बनेका छन् ।
पुनः टिकट पाउनेमा व्यास नगरपालिकाको प्रमुखमा काँग्रेसबाट बैकुण्ठ न्यौपाने पुनः उम्मेदवार बनेका छन् । विसं २०७४ को निर्वाचनमा न्यौपाने व्यासको प्रमुखमा निर्वाचित भएका थिए । यस्तै देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट दुर्गबहादुर थापा पुनः उम्मेदवार बनेका छन्,
यस्तै आँबुखैरेनीको अध्यक्षमा काँग्रेसबाट गिरबहादुर थापा पुनः उम्मेदवार बनेका छन् । भने बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङ दोहोरिएका छन् । उनीहरु दुवै जना गत निर्वाचनमा निर्वाचित भएका थिए ।
म्याग्देको अध्यक्षमा काँग्रेसबाट माया राना र उपाध्यक्षमा बालकृष्ण घिमिरे दोहोरिएका छन् । उनीहरूले पनि गत निर्वाचनमा जित हासिल गरेका थिए । भिमाद नगरपालिकाको उपप्रमुखमा एमालेबाट शारदा खनाल दोहोरिएकी छन् । यसैगरि ऋषिङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट राजेन्द्रकृष्ण श्रेष्ठ र गिनुमाया थापा दोहारिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij