Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

१ लाख ४१ हजार ४६८ जना उम्मेदवारको मनोनयन दर्ता, महिला सदस्यमा २४ हजार २८३ जना

१ लाख ४१ हजार ४६८ जना उम्मेदवारको मनोनयन दर्ता, महिला सदस्यमा २४ हजार २८३ जना

  • काठमाडौँ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । 

    images
    images
    images

    निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३१८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ ।

    यस्तै अध्यक्ष पदमा ३ हजार ३०६ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार ३४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यता, वडा अध्यक्ष पदमा मात्र ३३ हजार १११ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २४ हजार २८३, दलित सदस्यमा २१ हजार ९७९ र सदस्य पदमा सर्वाधिक ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij