
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठकमडौँ । नेपाली काँग्रेसले पार्टीका १४ जना पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर संसदीय समिति गठन गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो ।
काँग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै समेटेर गठन गरिएको जनाइएको छ । यस्तै आइतबार नै समितिको पहिलो बैठक बसेको छ, जसले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार सभापतिलाई दिएको छ ।
संसदीय समितिको निर्णयलाई आइतबार नै बसेको कार्यसम्पादन समितिको दोस्रो बैठकले अनुमोदन गरेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij