
Apr 10 2025 | २०८१, चैत २८ गते
काटमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
कतिपय स्थानीय तहमा एमालेले माओवादीसँग तालमेल गर्ने तयारी गरे पनि सहमति नभएपछि पार्टीका तर्फबाट उम्मेदवार सार्वजनिक गरेको जनाइएको छ ।
नेकपा एमाले काभ्रेका अनुसार बनेपा नगरपालिकाको मेयरमा रत्नकुश रञ्जितकार र उपमेयरमा विमला सापकोटा, धुलिखेल नगरपालिकाको मेयरमा अशोक ब्याञ्जु र उपमेयरमा लालतारा अधिकारी, पनौती नगरपालिकाको मेयरमा भीम न्यौपाने र उपमेयरमा गीता बन्जारा, मण्डन देउपुर नगरपालिकाको मेयरमा विदुर सापकोटा र उपमेयरमा सरिता ढकाल, पाँचखाल नगरपालिकाको मेयरमा कन्चन अधिकारी र उपमेयरमा सूर्यमाया दनुवार, नमोबुद्ध नगरपालिकाको मेयरमा राजन भुर्तेल र उपमेयरमा सम्झना लामा,
यस्तै भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौँरी देउराली गाउँपाालिकाको अध्यक्षमा जितराम लामा र उपाध्यक्षमा बबिता खरेल, रोशी गाउँपालिकाको अध्यक्षमा देबसागर लामा र उपाध्यक्षमा बबिता बोहोरा, बेथानचोक गाउँपालिकाको अध्यक्षमा कमल तिमल्सिना र उपाध्यक्षमा सरला लामिछाने, तेमाल गाउँपालिकाको अध्यक्षमा इन्द्र तामाङ र उपाध्यक्षमा सम्तेन लामा र खानीखोला गाउँपालिकाको अध्यक्षमा डम्बर तिमल्सिना र उपाध्यक्षमा रुकमणी गुरुङ, महाभारत गाउँपालिकाको अध्यक्षमा पूर्णबहादुर वाइबा र उपाध्यक्षः शान्ति तितुङ उम्मेदवार बन्नेछन् ।
६ नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेमा उम्मेदवारको टुङ्गो लागे पनि सोमबार मात्रै मनोनयन दर्ता गर्ने एमाले काभ्रेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij