Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

कांग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने

कांग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने

  • काठमाडौँ । नेपाली कांग्रेस ‘स्थानीय तह निर्वाचन २०७९, घोषणा पत्र लेखन आजदेखि सुरु गर्ने भएको छ । घोषणा पत्र वैशाख ११ गते सार्वजनिक गर्ने तयारी रहेको छ । कांग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र बनाउँदै छ । 

    images
    images
    images

    प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले थापालाई संयोजक मनोनयन गरेको हुन् । कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ ।

    यस्तै घोषणापत्रमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा कामबारे पनि समीक्षा हुने बताइएको छ । ०७४ सालमा कांग्रेसले जितेका स्थानीय तहका प्रतिनिधिका सुझाव पनि कांग्रेसले लिने भएको छ । कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका विषय विज्ञसँग पनि छलफल गरेर घोषणापत्रमा समावेश गर्ने एजेन्डा तय गरिने बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij