
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो । आज बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाजुरा, बैतडीलगायत सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि महसुस गरिएको थियो । क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij