
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । स्थानीय तह बाँडफाँटमा धादिङमा सत्तारुढ गठबन्धनका तीन दलहरू सहमति नजिक पुगेका छन् ।
आइतबार जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठकले जिल्लामा रहेको १३ स्थानीय तहको प्रमुख पदको भागबण्डा गरेका हुन् ।
बैठकमा सहभागी एकीकृत समाजवादीका सचिव सुवास खतिवडाका अनुसार कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति बनेको हो । संख्यामा सहमति भए पनि कुन स्थानीय तह कसले लिने भन्नेबारे सहमति नभएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij