Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

जीप दुर्घटनामा कांग्रेस बझाङ सभापति घाइते, माइला छोराको निधन

जीप दुर्घटनामा कांग्रेस बझाङ सभापति घाइते, माइला छोराको निधन

  • काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जीप दुर्घटना हुँदा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहराका माइला छोरा विनोद बोहराको ज्यान गएको छ । जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

    images
    images
    images

     ०१-००१ च ००९५ नम्बरको जीप दुर्घटना हुँदा २७ वर्षीय विनोदको ज्यान गएको प्रहरीले जनाएको छ । जीप बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको थियो । 

    सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लागि धनगढी रिफर गरिएको छ । घाइते खड्क, उनका कान्छा छोरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij