
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । भरतपुरमा नेपाली काँग्रेस नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना काँग्रेस नेता कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका हुन् ।
पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएका जनाइएको छ ।
स्थानीय अगुवा प्रकाश कँडेलका अनुसार अगुवाईमा उनीहरुले शनिबार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
काँग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । काँग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको बताइएको छ ।
यस्तै भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र) लाई नछाड्न भरतपुरका काँग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij