
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो आइतबार सम्ममा लागिसक्ने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले बताएका छन् । उनले शनिबार साँझसम्ममा खाका तयार हुने समेत बताए ।
भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै गठबन्धनमा केही समस्या नहुने बताउँदै उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’
निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij