
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया गाउँको फुसको घरबाट सल्केर आगलागी हुँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।
घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
दिउँसो ३ बजे आगलागी भएको हुँदा क्षति विवरण अहिले नै यकिन गर्न नसकिए पनि लाखौंको धनमालको क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij