
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने नेपाली कांग्रेसले सात प्रदेशमा सातजना सहमहामन्त्रीलाई परिचालन गर्ने पनि पार्टी तयारी गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । पार्टीले स्थानीय तह निर्वाचनमा गठबन्धन र उमेदवारको टुंगो लगाउन जिल्ला र प्रदेशमा प्रतिनिधि खटाउने तयारी गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।
“केन्द्रीय प्रतिनिधिहरू ७७ जिल्लामा खटाउने र सात प्रदेशमा सात सहमहामन्त्रीलाई खटाउने भन्ने विषय आज मुख्य छलफल हुनेछ,” उनले भने, निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका केन्द्रीय सदस्य महरका अनुसार आजको बैठकले विभिन्न उपसमितिहरु पनि बनाउने सम्भावना छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij