
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयी सराबगीले कांग्रेस प्रवेश नपाएर नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् । उनले कांग्रेसका शीर्ष नेताहरुलाई भेट गर्दा पनि पार्टीमा प्रवेश पाउने बाटो नदेखेपछि एमाले प्रवेश गरेको बताए ।
नयाँ वर्षको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, ‘विजय सराबगी भन्ने व्यक्ति जो एमालेमा प्रवेश गर्नुभयो । उहाँ मलाई पनि भेट्न आउनुभएको थियो’ भने,‘कांग्रेसका सबै नेताहरुलाई उहाँले काठमाडौं आएर भेट्नुभयो । हामीले कांग्रेसमा ल्याउन सक्दैनौं भनिसकेपछि उहाँ एमालेमा जानुभयो ।’
पाँच वर्षका लागि निर्वाचित भएको व्यक्ति अर्को चुनाव आउने बेला फरक दलमा हाम फाल्ने प्रवृत्ति र संस्कार गलत भएको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij