Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । ओखलढुंगामा बलेरो जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिष राजवंशी रहेका छन्।
बुधबार बिहान ओखलढुंगाबाट विराटनगर जाँदै गरेको बा१७च १०९४ नम्बरको बलेरो मानेभञ्ज्याङ गाउँपालिका-६ हर्कपुर भन्ने ठाउँमा भीरबाट तल खसेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताए।
उनका अनुसार बलेरोमा ९ जना सवार थिए। एक जना गाडी चालक र अन्य सबै प्रहरी थिए। उनीहरूको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत् काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल लैजाने तयारी भइरहेको खनालले बताए।
घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद खनाल छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij