
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा जिप दुर्घटना भएको छ । भे १ ज १२२० नम्बरको जिप दुर्घटना हुँदा सबै १० जना यात्रु घाइते भएको छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको जिप दुर्घटना भएको थियो । घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरिएको छ ।तीव्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा खसेको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij