
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बामपन्थी भनेको नेकपा एमाले मात्र भएको दाबी गरेका छन् । मंगलबार ललितपुरको सानोगाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नेकपा एमाले सिंगल बामपन्थी भएको बताए ।
‘भ्रम नहोस् बामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडिपछाडि लाग्ने कसरी बामपन्थी हुन्छन् । उनीहरू त कांग्रेसपन्थी हुन् । आन्दोलनका पछाडि लाग्ने बामपन्थी । एमाले बामपन्थी हो । बामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन् । हामी कोही झुक्किनु पर्ने अवस्था छैन् ।’ ओलीले भने ।
माओवादी केन्द्रको भाँडो रित्तो भइसकेको उनको टिप्पणी थियो । ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन् । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरूले केन्द्र भनेका छन् । दुई चार जना नेता छन्, अधिकांशले छोडिसके ।’ ओलीले भने ।
माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउँमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको जिकिर गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij