
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर–९ नलिन्चोकमा वाग्मति प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिका लोसाङ डोल्मा तामाङको ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक काभ्रे पाँचखाल नगरपालिका–१ का २२ वर्षका बुद्ध तामाङ र पछाडि बस्ने तामाङकी श्रीमती सुस्मिता इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज भएका छन् ।
गम्भीर घाइते छोरी लोसाङको उपचारका क्रममा न्युरो अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij