Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

निकिशालाई बाटोमा दुव्र्यवहार गर्नेहरु पक्राउ

निकिशालाई बाटोमा दुव्र्यवहार गर्नेहरु पक्राउ

  • स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्गिक विभेद र अपमानजनक शब्द प्रयोग गरेको भिडियोमा देखिएको छ ।

    भक्तपुर । मध्यपुर ठिमी निवासी निकिशा श्रेष्ठमाथि दुव्र्यवहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीनजनालाई पक्राउ गरेको छ । भक्तपुरको टौमढीबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्गिक विभेद र अपमानजनक शब्द प्रयोग गरेको प्रमाणित भएको छ । प्रहरीले विशेष जोशी, रितेश लाखे र रोहित खत्रीलाई पक्राउ गरेको हो । 

    निकिशामाथि दूधपाटीमा भएको दुव्र्यवहारको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij