
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार प्रतिगामी भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनलाई बढावा दिएकोसमेत आरोप लगाएका छन् ।
सोमबार बझाङमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देउवामाथि ‘जहिले पनि सरकारमा जाँदा लोकतन्त्र बुझाएको’ आरोप लगाएका हुन् ।
सरकारले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले भने ‘गठबन्धन सरकारले चुनाव रोक्ने कोसिस धेरै गरिसक्यो । अझै कानुन परिवर्तन गरेर, संसद अन्त्य गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजेको छ । स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको छ । यो गठबन्धन सरकार प्रतिगामी हो ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij