
Apr 19 2025 | २०८२, वैशाख ६ गते
उदयपुरमा श्रीमतीको हत्या अभियोगमा कटारी -५ का पोष्टराज दाहाल पक्राउ परेका छन्। ३८ बर्षीया श्रीमती नानुमाया दाहालको हत्या अभियोगमा इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको हो।
शौचालय गएकी नानुलाई श्रीमानले दाउराको चिपर्टले हिर्काउँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
कटारी नगरपालीका-५ स्थित सिसाघारी बस्ने ४२ बर्षीय पोष्टराजले घरायसी विवादको कारण श्रीमतीलाई बारम्बार कुटपिट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले पोष्टमार्टमका लागि शवलाई कटारी अस्पताल पुर्याएको छ
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij