
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा विजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
नेकपा एसनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामाी बैशाख ३० मा स्थानीय तह निर्वाचन हुनेमा आशंका रहेको बताए ।
अध्यक्ष नेपालले असोजमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफनो पूर्ण कार्यकाल सञ्चालन गर्न नदिएर संवैधानिक अधिकारको हनन् भएको समेत टिप्पणी गरेका छन् ।
असोजमा चुनाव भएका मान्छेहरूको पाँच बर्ष समय नपुगेको बताउँदै उनले उक्त बिषयमा कानुनमा नै त्रुटि भएको बताए ।
संबैधानिक उनीहरूको अधिकारको हनन् भएको बताउँदै आगामाी बैशाख ३० मा स्थानीय तह निर्वाचन चुनावले असोज महिना पाँच बर्ष पुग्नेहरूको भावना विपरित भएको अध्यक्ष नेपालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij