Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

माओवादीसँग तालमेल हुने संभावना छ :  महासेठ

माओवादीसँग तालमेल हुने संभावना छ :  महासेठ

  • काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले माओवादीसंग तालमेल गर्ने संभावना रहेको बताएका छन् । उनले प्रदेश र संघको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने बताए ।

    images
    images
    images

    एमालेले माओवादी लगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको महासेठको भनाई छ । तर, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग भने तालमेलको सम्भावना पटक्कै नभएको उनले बताए। 

    images

    ‘कसैले सोचेको थियो र २ पार्टीबीच एक्कासि एकता हुन्छ भनेर ? भयो त । सहकार्य हुन सक्छ’, सचिव महासेठले भने, ‘अहिले माओवादी एउटा प्रतिक्रियावादी खेमामा पुगे पनि, दक्षिणपन्थी खेमामा पुगे पनि, कम्युनिस्ट आन्दोलनको विरुद्धमा पुगे पनि राजनीतिक रूपमा माओवादी लगायत वामपन्थी र प्रगतिशील पक्षसँग तालमेलको सम्भावना जहिले रहन्छ । तर, माधवकुमार नेपाल पक्षसँग रहँदैन।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij