Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

श्रीलंकाका नयाँ अर्थमन्त्रीले दिए २ दिनमा राजीनामा

श्रीलंकाका नयाँ अर्थमन्त्रीले दिए २ दिनमा राजीनामा

  • एजेन्सी । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले २ दिनमै राजीनामा दिएका छन्। यसअघि न्याय मन्त्रीबाट आइतबार राति राजीनामा दिएका साब्रीलाई राष्ट्रपति गोटवाया राजापाक्षेले सोमबार अर्थमन्त्री नियुक्त गरेका थिए।

    images
    images
    images

    साब्रीले मंगलबार दिउँसो राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। यसअघि राजापाक्षेले आफ्ना भाइ बासिल राजापाक्षेलाई २०२१ मा अर्थमन्त्री नियुक्त गरेका थिए। बासिलले क्याबिनेटका अरू सदस्यसँगै आइतबार राजीनामा दिएका थिए।

    images

    आफ्नो मन्त्रिपरिषद्का सबै २६ जना मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले सोमबार विपक्षी दललाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए। उनले मन्त्रिपरिषद्मा केही मन्त्री पनि नियुक्त गरेका थिए।

    FPkDgIwakAEdifT.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij