
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा एमाले कुनै दलसँग तालमेल नगरी एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन् ।
महासचिव पोख्रेलले आज मंगलबार प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा राप्रपा, सिके राउतको दलसँगको तालमेलको सम्भवना के छ भन्ने पत्रकारको प्रश्नमा एक्लै उठ्ने आट नगर्नेहरुले भ्रम फैलाएको बताउँदै आफूहरु एक्लै लड्न सक्ने भएकाले कुनैपनि दलसँग तालमेल गर्ने पक्षमा नभएको बताएका हुन् ।
यसै क्रममा उनले एमालेले नेताभन्दा पनि विभिन्न दलमा कार्याकर्ताहरुलाई जोड्दै बलियो शक्ति निर्माण गर्दै अगाडी बढ्ने बताए । महासचिव पोख्रेलले अहिलेको पाँच दलीय गठबन्ध बमपन्थी आन्दोलन र लोकतन्त्र मान्यताको विरुद्धमा भएको टिप्पणीसमेत गरे । उनले कांग्रेससँगको तालमेल जनताले दिएको जनादेशको विपरित भएको बताए ।
त्यस्तै, पोख्रेलले प्रचण्ड र माधव नेपालसँग बामएकताको सम्भवना नरहेको तर माओवादी र एकीकृत समाजवादीका कार्याकर्तालाई एकतावद्ध गर्ने पक्षमा भने एमाले रहेकासमेत बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij