
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् ।
प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्’
यस्तै पाँच दलीय गठबन्धन भ्रमको खेती भएको बताउँदै उनले स्थायी कुरा जनताको आदेश भएको र जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनमा स्थायी कुरा सत्य हुने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij