
Apr 19 2025 | २०८२, वैशाख ६ गते
चितवन । चितवनमा क्रियाशिल ५ राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जनाता समाजवादी नेपाल रा ज मोले चितवनका ७ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरि जाने निर्णय गरेको हो ।
कांग्रेस जिल्ला सभापति राजेसोर खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका जिल्ला इन्चार्ज कृष्ण प्र. खनाल, जनाता समाजवादी नेपालका अध्यक्ष प्रेम भुजेल, रा न मोका अध्यक्ष डम्बर पुरीले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रिय गठबन्धनलाई आत्मसात गर्दै आगामी स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको ७ वटै स्थानीय तह र र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरि जाने निर्णय गरियो ।’
यस्तै चितवनमा आसन्न स्थानिय केन्द्रीय परिपत्र अनुसार दलगत बस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रतेक दलबाट १ / १ जना जन प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले स्थानीय तहका कमिटी र कार्यसमितिहरुलाई गठबन्धनको मर्म र भावना अनुसार अघि बढ्न अनुरोध पनि गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij