
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काष्ठमण्डपको उद्घाटन गर्दै छिन्। पुनर्निर्माण सुरु भएको ३ वर्ष ८ महिनापछि निर्माण सकिएको हो। दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपको २०७५ देखि पुनर्निर्माण सुरु गरिएको थियो। करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको पुनर्निर्माण समितिले जनाएको छ ।
काष्ठमण्डप पुनर्निर्माण गर्न विभिन्न ६ जिल्लाबाट ल्याइएका काठहरू प्रयोग गरिएको छ। अब एउटै काठले बनेको भन्ने किंवदन्ती हटेको छ । पुरातात्त्विक महत्त्वको काष्ठमण्डप काठै काठले बनेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij