Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल र भारतको सिमा विवाद समाधान गर्ने सहमति भएको छ।
देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभिन्न मुद्धामा कुरा गर्दा सिमा विवादको बिषय पनि राखेका हुन। देउवाल भारतीय प्रधानमन्त्री मोदीसँग दुवै देशको सिमा विवाद समाधान गर्नुपर्ने प्रस्ताव राखेका थिए। सीमा विवादको विषयलाई राजनीतिकरण नगर्ने र दुवै देशको आपसी सहमतिमा समाधान गर्ने दुवै देशका प्रधानमन्त्रीबीच सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री देउवा र मोदीले संयुक्त बयान मार्फत दुवै देशले खुल्ला सिमानालाई दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। रक्षा र सुरक्षा निकायबीच सहयोग बढाउने बिषयमा समेत सहमति भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij