
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । कर्णाली नदीमा मिनीबस खस्दा तीन जना यात्रुमध्ये एक जना बेपत्ता भएका छन्। कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस दुर्घटनामा परेको प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए। कालीकोटको पचालझरना गाउँपालिका-८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा पर्ने कर्णाली नदीमा मिनीबस खसेको हो।
शाहीका अनुसार यात्रु महिला कालीकोटको पचाल झरना गाउँपालिका-८ की सलानी कार्की हुन्। बेपत्ता सहचालकको पहिचान खुलेको छैन। नरहरिनाथ गाउँपालिका-१ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको मिनिबस कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij