
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले जनताको सेवाका लागि काम गर्ने पाटी नै कम्युनिष्ट हुने बताएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका हुन् ।
एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए ।
समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उनले देश र जनताको समयानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताए । आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउँदै ओलीले राजनीतिक आस्थाभन्दा राष्ट्र हितको विषयमा मिलेर काम गर्न सकिने उल्लेख गरे ।
यस्तै उनले देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै नाफामूलक राजनीति गर्नेले नाफा नहुने बित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij