Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

सुनापती गाउँपालिका अध्यक्षमा गीता विष्टको दाबी

सुनापती गाउँपालिका अध्यक्षमा गीता विष्टको दाबी

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछापकी नेतृ गीता विष्टले सुनापती गाउँपालिका अध्यक्ष दाबी गर्ने भएकी छन् । सुनापती गाउँपालिकाकी बहालवाला उपाध्यक्ष समेत रहेकी विष्टले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूले गाउँपालिका अध्यक्षको दाबी गर्ने बताइन् । 

    images
    images
    images

    हरेक विषयमा अपडेट राख्न सक्ने क्षमता भएकी विष्ट सुनापती गाउँपालिकामा लोकप्रिय नेतृ हुन् । सालिन, भद्र र मिजासिली स्वभाव भएकी उनी जनताको सुख दुःखमा सँगसँगै रहि रहने चाहान्छन् । उनलाई सुनपाती गाउँपालिकाका जनताले अध्यक्षको भएको हर्न चाहेका छन् ।
     
    विष्ट आफूलाई सुनापतीवासीले उपाध्यक्ष बनाएर सेवामा लाग्न दिएको मौकालाई सुनापतीवासीको लागि प्रयोग गरेको दाबी गर्दै फेरि आफूलाई अध्यक्ष बनाएर सेवा गर्ने अवसर दिने विश्वास व्यक्त गरेकी छन् । प्रष्ट बोल्ने, जनताको पीर मर्कामा गम्भीर रहेर सिघ्र रुपमा समाधान गर्न सक्ने क्षमता भएको कारण उनलाई सुनपातीका जनताले धेरै मन पराउने गर्दछ । 

    images

    माओवादी आन्दोलनमा  जनमुक्ति सेनाको भूमिकाका निर्वाह गरेकी उनको स्थानीय तहमा ५ वर्षको कार्याकाल पनि सफल रुपमा सम्पन्न गरेकी छन् । युद्धकालिन अवस्थामा २०५७ सालबाट पूर्णकालिन माओवादी कार्यकर्ता भएकी विष्ट सहिद परिवारकी सदस्य हुन् । उनका बुवा कृष्ण बहादुर विष्ट (क. रसकमल) २०५९ जेठमा सहिद भए । उनका दाइ र भाउजू पनि सहिद भएका छन् । भने घर पक्षको  उनका आफन्त पनि सहिद भएका छन् ।

    विष्टकी आमा अहिले माओवादी केन्द्र वाग्गमति प्रदेश समिति सल्लाहकार छिन् । विष्टको भाइ माओवादी केन्द्र मण्डन देउपुर नगरपालिकाको अध्यक्ष छन् ।  उनीले युद्धकालिन अवस्थामा २०५८ सालमा काभ्रे जिल्ला पार्टी सदस्य तथा डाँडापारी एरिया सेक्रेटरीको जिम्मेवारी पनि सम्हाली सकेकी छन् । । २०६० देखि क्यान्टोनमेन्ट बसाइसम्म जनमुक्ति सेनामा क्रियाशील उनी जनमुक्ति सेनामा प्लाटून हुँदै कम्पनी कमाण्डर सम्मको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकी छन् । तत्कालीन जनमुक्ति सेना भित्र क्षेत्रीय व्युरो सदस्यका रुपमा काम गरेकी विष्ट अहिले माओवादी केन्द्रको महिला संगठन अनेमसंघ (क्रान्तिकारी) रामेछाप जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेकी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij