
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको शासन पञ्चायत र राणा शासनभन्दा कम नहुने गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै काँग्रेसको शासन पञ्चायत र राणा शासनभन्दा कम नहुने गरेको टिप्पणी गरेका हुन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले २००७ सालमा लोकतन्त्र आएको र ८ सालमा मोहनशमशेर हटेर मात्रिका कोइराला प्रधानमन्त्री भएपछि कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएको बताउँदै काँग्रेसले बुझेको लोकतन्त्र नै त्यस्तै रहेको भन्दै काँग्रेस सरकारमा रहँदासम्म कम्युनिस्टमाथि प्रतिवन्ध लगाउने गरेको भन्दै पञ्चायत र राणाशासन भन्दा काँग्रेस शासन कम नरहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij