
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।
शुक्रबार नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा नेता सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरु पार्टीमा नबस्दा राम्रो हुने बताएका हुन् ।
उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै निर्णय नमान्नेहरुलाई पार्टी छाड्न समेत बताए । चुनावमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट नेता–कार्यकर्ताहरुलाई लक्षित गर्दै उनले सो धारणा राखेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij