
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने विषयमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले आफ्नो पार्टीसँग कुनै छलफल नगरेको भन्दै विरोध गरेको छ। उनले समाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो विरोध गरेको हो।
उनले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ। संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन । त्यसैले स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ?’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij