Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

कांग्रेसको निर्देशन, ‘यी तीन समिति तत्काल बनाउनु’

कांग्रेसको निर्देशन, ‘यी तीन समिति तत्काल बनाउनु’

  • काठमाडौं । नेपाली कांग्रेसले तत्ला समितिलाई तत्काल तीन वटा समिति बनाउन निर्देशन दिएको छ । उम्मेदवारलाई टिकट दिने संसदीय समिति तत्काल, कार्यसम्पादन समिति रअनुशासन समिति तत्काल गठन गर्न कांग्रेसले तल्ला समितिलाई निर्देशन गरेको हो । 

    images
    images
    images

    कांग्रेसले तत्काल कुनै निर्णय लिनुपरे  कार्यसम्पादन समितिबाट लिन पनि निर्देशन गरेको छ ।  यी समितिहरू विधानअनुसार पार्टी महाधिवेशन भएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने हो। तर, स्थानीय चुनाव मुखैमा आएकोले पार्टी चलायमान बनाउन विधानअनुसारका सबै समिति गठन गर्न कांग्रेसले निर्देशन दिएको छ।

    images

    उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विधानअनुसार गठन गर्नुपर्ने सबै समिति गठन गर्न निर्देशन दिने निर्णय गरेको कांग्रेसले जनाएको छ । 

    कांग्रेसले केन्द्रमा कार्यसम्पादन समिति गठन गरे पनि संसदीय समिति र अनुशासन समिति गठन गरेको छैन। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको भारत भ्रमणबाट फर्केपछि मात्रै ती समितिहरू गठन गरिने कांग्रेसले जनाएको छ।

    केन्द्रीय समिति बैठकले निर्वाचन परिचलान र प्रचारप्रसार समिति मात्रै गठन गरेर अनुशासन र संसदीय समिति गठनलाई पछि धकेलेको थियो । कांग्रेसले प्रदेश सभापतिहरूको नेतृत्वमा पनि निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij