Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

नेपालको आर्थिक स्थिति सम्हाल्न सक्ने अवस्थामा  

नेपालको आर्थिक स्थिति सम्हाल्न सक्ने अवस्थामा  


  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक स्थिति सम्हाल्न सक्ने अवस्थामा रहेको बताएका छन् । 

    images
    images
    images

    रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको आर्थिक स्थिति श्रीलंकाको जस्तै स्थितिमा पुगेको भन्ने सुनिन आएतापनि नेपालको स्थिति सम्हाल्न सक्ने अवस्थामा नै रहेको बताए । उनले नेपालको आर्थिक स्थिति श्रीलंकाको स्थितिमा नपुग्ने पनि बताए ।

    images

    यस्तै माओवादी पार्टीले देशको संकट मोचन गर्ने बताउँदै अध्यक्ष प्रचण्डले पार्टीले देशको संकट मोचन गर्ने भए पनि त्यसलाई स्वीकार्न नसक्ने अवस्था रहेको भएतापनि माओवादी केन्द्रले विगतमा पनि देशलाई अप्ठ्यारो परेको बेला सम्हालेको भन्दै फेरि पनि सम्हाल्ने बताए ।

    समस्या समाधानका लागि पहल सुरू भइरहेतापनि अप्ठेरो स्थिति आउन सक्ने बताउँदै गठवन्धनको नेताको हैसियतले अप्ठ्यारो स्थितिलाई सम्हाल्ने माओवादी अध्यक्ष प्रचण्डले बताए । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij