Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लोभी पापीहरुको गठबन्धन कति गाह्रो:  ओली

लोभी पापीहरुको गठबन्धन कति गाह्रो:  ओली


  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सजिलो नभएको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    भक्तपुरमा तरकारी बजारको उद्घाटन गर्दै उनले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्न सजिलो नभएको बताएका हुन् ।

    AGNI GROUP

    उनले नेपालमा एमालेसँग प्रतिस्पर्धा गर्ने दल कुनै नरहेको भन्दै गठबन्धन गरे पनि आफूहरुले चुनाव जित्ने बताउँदै उनले भने ‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन, लोभी पापीहरुको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त’ उनले थपे, ‘एकै दिन निर्वाचन आयोगले उम्मेदवारी दर्तै गर्न सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ मनोनयन दर्ता पनि ।’

    एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगलाई मनोनयन दर्ताको समय गठबन्धनले नै दुई दिन राख्न लगाएको बताउँदै उम्मेदवारी दर्ताका बेला गठबन्धनमा कुरा नमिल्ने र एक हप्ता राखे पनि मनोनयन नै हुने बताए । 



     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij